नेपाल–ओमान सचिवस्तरीय वार्ता
काठमाडौं । नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् ।
ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा आज भएको वार्तामा परराष्ट्र सचिव शङ्करदास वैरागी र त्यहाँका महासचिव वद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच सौहाद्र्रपूर्ण वातावरणमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव वैरागीले नेपालमा वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण तयार भएको, कानूनी तथा नियमन व्यवस्था सहज एवं सरल तुल्याइएको जानकारी दिँदै भौतिक पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न ओमानलाई आग्रह गरे ।
उनले नेपाल र ओमानबीच श्रमिक आपूर्ति तथा पर्यटन प्रवद्र्धनका निम्ति भएको समझदारीका साथै कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने व्यवस्थाबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुगेको बताए ।
ओमानका विदेश सचिवले सन् २०१७ मा नेपालका प्रधानमन्त्रीबाट भएको ओमान भ्रमणको स्मरण गर्दै सचिव वैरागीले लगानीलगायत पारस्परिक सहयोग र साझेदारीका निम्ति गर्नुभएको अनुरोधलाई सकारात्मक रुपमा लिएको बताए । नेपालसँग आर्थिक साझेदारीका साथै लगानीको आश्वासन पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी