बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग ड्र सार्वजनिक : म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्ने

सोमबार, ३० मङ्सिर २०७६, २१ : ३७
सोमबार, ३० मङ्सिर २०७६

यूइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा युरोपेली फुटबलका दुई महारथि म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्ने भएका छन् ।

सोमबार साँझ गरिएको अन्तिम १६ को ड्र अनुसार स्पेनिस महारथि रियलले सिटीको सामना गर्ने भएको हो । रियल समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । सिटी समूह विजेता बनेको थियो ।

रियलको समूहमा विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको पेरिस सेन्ट जर्मन (पीएसजी) ले पनि कठिन प्रतिद्वन्द्वी पाएको छ ।

पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी चेल्सीले बायर्न म्युनिखसँग, टोट्टनहामले जर्मन टोली आरबी लाइपिजिगसँग, इटालीको एटलान्टाले भ्यालेन्सियासँग, इटालियन च्याम्पियन युभेन्ट्सले फ्रेन्च टोली लियोनसँग, स्पेनिस महारथि बार्सिलोनाले नापोलीसँग र एट्लेटिको म्याड्रिडले साविक विजेता लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप