होण्डा व्हिल अफ फर्चुन ३ का विजेताहरु घोषित
![होण्डा व्हिल अफ फर्चुन ३ का विजेताहरु घोषित](https://rpcdn.ratopati.com/media/albums/Wheel_Photo_c2ZY4Ts4KC.jpg)
काठमाडौं– होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ ।
सोमवार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।
बम्परमा सोहि लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख, त्यसै गरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले १ लाख नगद पुरस्कार जिते ।
यसका साथै, मोरङका तोयानाथ गौतम र धनगडीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निशुल्क थाईल्याण्ड भ्रमण जिते । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत नि:शुल्क दुबई भ्रमण जितेका छन् ।
दशैं तथा तिहार स्किमको अन्त्यसँगै कम्पनीले सम्पूर्ण विजेताहरुलाई बधाई ज्ञापन गर्नुको साथै अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरुमाझ ल्याउने लक्ष्ये लिएको छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनीको रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय