काँग्रेस बैठक बुधबारसम्मलाई स्थगित, महाधिवेशन कार्यातालिकाबारे देउवा–पौडेल गृहकार्यमा

काठमाडौं । सोमबारलाई बोलाइएको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टीको संस्थापन इतर समूह बैठकमा उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पुस २ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको काँग्रेस मुख्यसचिव कृणप्रसाद पौडेलले बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालय सानेपानै नगएपछि स्थगित भएको हो । सभापति शेबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डाका रुपमा प्रस्तुत नगरेको भन्दै पौडेल पक्षले गत बिहीबार र आइतबारको बैठकमा अनुपस्थिति जनाएको थियो ।
बिहिबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत एजेण्डा र बाँकी सहमतिका एजेण्डाहरुलाई पहिले अनौपचारिक रुपमा छलफल गरी औपचारिक निर्णयका लागि केन्द्रीय समिति बैठकमा पेस गर्र्ने काँग्रेसको तयारी छ ।
उक्त विषयमा देउवा–पौडेल समूहबीच सोमबार विहान नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बसेको कार्यदलको बैठकमा सहमतिको खोजी गरेको थियो । बैठकमा उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीबीच भएको कार्यदलको बैठक सहमतिकै आधारमा अघि बढ्न सहमति भएको थियो ।
बैठकपछि नेता थानीले भने, ‘छलफलका क्रममा महाधिवेशनको कार्यतालिका पनि यहि बैठकबाट ल्याउने सहमति भएपछि बाँकी विभाग गठन र भातृ संस्थाको गठन तथा समयावधि थप गर्ने विषयपनि हुन्छ। बैठक सकारात्मक रुपमा टुङ्गिएको छ ।’
बैठकमा भएका छलफल र सहमतिका बुँदाहरुको विषयमा दुबै पक्षले आफ्ना आफ्ना पक्षका नेताहरुसँग परामर्श गरिरहेका छन् । महाधिवेशनको कार्यतालिकासँगै क्रियाशील सदस्यता वितरण र नविकरण,बुथ र वडातहको अधिवेशन कहिले गर्ने भन्नेमा देउवा –पौडेल पक्षबीच आन्तरिक गृहकार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु