केन्द्रीय संस्करण

काँग्रेस बैठक बुधबारसम्मलाई स्थगित, महाधिवेशन कार्यातालिकाबारे देउवा–पौडेल गृहकार्यमा

person explore access_timeमंसिर ३०, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । सोमबारलाई बोलाइएको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टीको संस्थापन इतर समूह बैठकमा उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । 
अर्को बैठक पुस २ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको काँग्रेस मुख्यसचिव कृणप्रसाद पौडेलले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालय सानेपानै नगएपछि स्थगित भएको हो । सभापति शेबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डाका रुपमा प्रस्तुत नगरेको भन्दै पौडेल पक्षले गत बिहीबार र आइतबारको बैठकमा अनुपस्थिति जनाएको थियो ।

बिहिबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत एजेण्डा र बाँकी सहमतिका एजेण्डाहरुलाई पहिले अनौपचारिक रुपमा छलफल गरी औपचारिक निर्णयका लागि केन्द्रीय समिति बैठकमा पेस गर्र्ने काँग्रेसको तयारी छ ।

उक्त विषयमा देउवा–पौडेल समूहबीच सोमबार विहान नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बसेको कार्यदलको बैठकमा सहमतिको खोजी गरेको थियो ।  बैठकमा उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीबीच भएको कार्यदलको बैठक सहमतिकै आधारमा अघि बढ्न सहमति भएको थियो ।

बैठकपछि नेता थानीले भने, ‘छलफलका क्रममा महाधिवेशनको कार्यतालिका पनि यहि बैठकबाट ल्याउने सहमति भएपछि बाँकी विभाग गठन र भातृ संस्थाको गठन तथा समयावधि थप गर्ने विषयपनि हुन्छ। बैठक सकारात्मक रुपमा टुङ्गिएको छ ।’

बैठकमा भएका छलफल र सहमतिका बुँदाहरुको विषयमा दुबै पक्षले आफ्ना आफ्ना पक्षका नेताहरुसँग परामर्श गरिरहेका छन् । महाधिवेशनको कार्यतालिकासँगै क्रियाशील सदस्यता वितरण र नविकरण,बुथ र वडातहको अधिवेशन कहिले गर्ने भन्नेमा देउवा –पौडेल पक्षबीच आन्तरिक गृहकार्य भइरहेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.