रौतहटको श्रीराम सुगर मिल्स बन्द हुँदै, किसानद्वारा आन्दोलनको घोषणा
रौतहट । रौतहटमा रहेको श्रीराम सुगर मिल्स यसवर्ष सञ्चालन नहुने भएको छ ।
जिल्लाको मध्यभाग गरुडामा पछिल्लो दुुई दशकयता सञ्चालनमा रहेको सुगर मिल्स यसवर्ष सञ्चालन नगर्ने उद्योगीले बताएका छन् ।
मिल्स सञ्चालनमा नआउने भएसँगै किसानको खेतमा लगाइएको हजारौ विघा उखुबाली बिक्रीमा समस्या हुने भएको छ । यसो त किसानले बर्षाैँदेखिको बक्यौता रकम समेत पाउन सकेका छैनन् ।
पछिल्लो केही समयदेखि भुक्तानीको माग गर्दै काठमाडौ सिंहदरवारसम्म धाइरहेका उखुु उत्पादक किसान संघलाई उद्योगी हृतेस गोल्छाले यसपटक मिल नचल्ने भनेपछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।
संघका कोषाध्यक्ष मनोज कुमार सहनीले झण्डै ४२ करोड बक्यौदा किसानले उठाउन बाँकी रहेको भन्दै आफूहरु अब आन्दोलन जाने तयारीमा जुटेको बताए ।
श्रीराम सुगर मिल्सले गत वर्ष किसानलाई बिउ समेत बितरण र सर्भे गराएपछि त्यस क्षेत्रका ८ हजार किसानले विभिन्न प्रजातीको उखु लगाएका छन् ।
करीव १८ लाख कुुईन्टल उत्पादनहुने अनुमान रहेको कोषाध्यक्ष सहनीको अनुमान छ।
यसैबीच मिल्स बचाउ अभियान अन्तर्गत आउँदो पौष ९ गते शनिवार मिल्सकै प्राङ्गणमा वृहद उखु किसान भेलाको आयोजना गरिने भएको छ । यस्तै पौष ६ गते विहान १० बजेदेखि २ बजेसम्म इलाका प्रशासन कार्यालय गरुडा घेराउ गर्ने र ७ गतेदेखि आम हड्ताल गर्ने किसान संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार