शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तोषले जिताए च्यासललाई

सोमबार, ३० मङ्सिर २०७६, १७ : ३२
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं । जापानमा बस्दै आएका कप्तान सन्तोष साहुखलको सानदार प्रदर्शनसँगै च्यासल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो । च्यासलले दुवै हाफमा एक–एक गोल गरेको थियो ।

४२ औं मिनेटमा पहिलो गोल गरेका सन्तोषले ८५ औं मिनेटमा गोल गर्दै च्यासलको जित पक्का बनाए । साविक उपविजेता संकटाले केही अवसर बनाएपनि सफल हुन सकेन । जितसँगै च्यासलले तीन अंक बनाएको छ । टोलीको जितमा महत्वपूर्ण दुई गोल गरेका सन्तोस म्यान अफ दी म्याच भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप