शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी कमिटी बैठक : दुई प्रतिवेदनमाथि छलफल जारी

सोमबार, ३० मङ्सिर २०७६, १५ : ४६
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सदस्यहरुले दुईवटा प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राखेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाहलगायतले टिप्पणी गरेका छन् ।

बैठकमा स्यायी कमिटी सदस्यहरुले बोल्ने क्रम जारी छ ।

बैठक सोमबार नै सकिने बताइए पनि सदस्यहरुले बोल्ने क्रम सकिने सम्भावना न्यून रहेको स्रोत बताउँछ । ‘सदस्यहरुले बोल्ने क्रम नसकिएको खण्डमा बैठक मंगलबारसम्मका लागि लम्बिन सक्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार छलफलमा भाग लिएका अधिकांश सदस्यले दुवै प्रतिवेदनमाथि आलोचनात्मक समर्थन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप