फिलिपिन्समा भूकम्पः ७ जनाको मृत्यु (अपडेट)
एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा ६ वर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य ६ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ जनाइएको छ ।
खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् । –एएनआई/Photo: EPA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव