शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा भूकम्पः ७ जनाको मृत्यु (अपडेट)

सोमबार, ३० मङ्सिर २०७६, १५ : २८
सोमबार, ३० मङ्सिर २०७६

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा  आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।  माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा ६ वर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य ६ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’  जनाइएको छ । 

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् । –एएनआई/Photo: EPA

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप