बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्न नागरिक औषधिको लागि ७१ स्वास्थ्य संस्थालाई सोध भर्ना भुक्तानी

सोमबार, ३० मङ्सिर २०७६, १५ : १२
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधि’बाट उपचार सेवा प्रदान गर्दै आइरहेको ७१ अस्पताललाई तिर्न बाँकी रकम दिन बजेट विनियोजन गरेको छ । 

मन्त्रालयका सचिव खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपन्न नागरिक औषधि उपचारका लागि सूचीकृत भइ तोकिएको कडा रोगको औषधि उपचार गरे वापत सरकारी र गैरसरकारी अस्पतालहरुलाई आ.व ०७६—०७७ को श्रावण र भाद्र महिनाको दिन बाँकी रकम दिने निणर्य भएको हो ।

रकम दिन बाँकी १५ अस्पताललाई ७ करोड ८० लाख ५९ हजार ८ सय ८२ रुपैयाँ सोधभर्ना भुक्तानी दिने निर्णय गरिएको छ । ०७६—०७७ को श्रावण र भाद्र महिनामा ४ हजार १ सय ३६ जना नागरिकले सेवा लिएका थिए भने एचडी सेसन र सीएपीडी १२ हजार २ सय ४९ पटक गरिएको थियो ।  

साथै ०७६ असोज र कात्तिक महिनामा विपन्न नागरिक औषधिको सेवा दिने ५६ वटा स्वास्थ्य संस्थालाई २२ करोड ८२ लाख ५३ हजार ४७ रुपैयाँ दिने निर्णय मन्त्रालयले गरेको छ । असोज र कात्तिक महिनामा ११ हजार ८ सय ४६ जनाले सेवा लिएका थिए । एचडी सेसन र सिएपीडी ३९ हजार १ सय ७ पटक गरिएको थियो । 

सहुलियतको लागि प्रत्यारोपण पूर्वअंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार र मिर्गाैला प्रत्यारोपण प्रश्चात औषधि सेवन गर्ने बिरामीहरुलाई एक लाख उपलब्ध गराउँदै आइरहेको  छ । सोही अनुसार २०७६ साल मंसीर १२ गतेसम्म निवेदन दिएका २५ जना बिरामीहरुको लागि ३६ लाख ४८ हजार ८ सय रकम भुक्तानी दिने  विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप