शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेशनल माइक्रोफाइनान्सको छैठौं साधारणसभा सम्पन्न, ८० प्रतिशत लाभांस पारित

सोमबार, ३० मङ्सिर २०७६, १५ : ०१
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार धादिङ्गको स्थित धादिङ्ग क्रिक रिसोर्टमा सन्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । 

सभाले आ.व.२०७५।०७६ को नाफा वाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरि कुल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाले २०७६ मंसीर सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि चार अर्ब कर्जा लगानीमा रहेको छ । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड संकलन गर्न सफल भएको जानकारी गराउनु भयो । संस्थाले आगामीदिनमा बिशेष गरि क्रेडिट प्लस गतिविधिहरुमा केन्द्रीत गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप