शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको तीन अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री

सोमबार, ३० मङ्सिर २०७६, १४ : ५३
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं– सनराइज बैंकले जारी गरेको सात वर्ष अवधि रहेको तीन अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ ।  

कर्तिक २० गते निष्काशन गरिएको उक्त ऋणपत्र छिटोमा कार्तिक २४ गते र ढिलोमा मंसिर १९ गते सम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ । 

सर्वसाधारण निष्काशनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजारबराबरको ४ लाख ५३ हजार ८ सय २९ कित्ता र परिपत्र विधिको तर्फबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजारबराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो । 
 
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री गर्न सफल भएको थियो । यससँगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था सनराइज बैंकले पूरा गरेको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप