शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बमको त्रासले धनुषामा तनाव : प्रहरी भन्छ–बम कतै छैन, हल्ला मात्रै हो

सोमबार, ३० मङ्सिर २०७६, १४ : ०४
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । जताततै बम राखिएको भन्दै धनुषामा तनाब बढेको छ । प्रदेश नम्बर २ को राजधानीसमेत रहेको जनकपुर लगायतका क्षेत्रमा अज्ञात समूहले बम राखेको भन्दै आइतबार रातीदेखि तनाब बढेको हो ।
सर्वसाधरणले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गर्ने गरेको धनुषा प्रहरीले बताएको छ ।

खबर पाउनेबित्तिकै प्रहरीले शंकास्पद स्थानलाई सुरक्षित बनाई नेपाली सेनालाई बोलाएर डिस्पोज गर्ने गरेको छ ।

धनुषा प्रहरी भन्छ : बम होइन, हल्ला मात्रै हो
तर जिल्ला प्रहरी कार्यालय धनुषाले भने विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपनि ती वस्तुहरु बम नभएको बताएको छ । धनुषाका निमित्त प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार बम रहेको भनिएको स्थानमा नेपाली सेना पुगी डिस्पोज गर्दा एक स्थानमा पुरानो राइसकुकर फालेको पाइएको छ । त्यसैगरी अर्को स्थानमा थोत्रो कपडा प्लाष्टिकमा प्याक गरेर फालेको भेटिएको छ । यद्यपि नेपाली सेना घटनास्थल पुगेर सुरक्षा अपनाई डिस्पोज गरिएको उनले बताए ।

धनुषाका डिएसपी कार्की भन्छन्, ‘केही दिनअघि धनुषाको महेन्द्रनगरमा बम बिस्फोट भई इन्स्पेक्टर अमिर कुमार दाहालसहित ३ जनाको मृत्यु भएपछि अहिले धनुषामा बमको त्रास रहेको सत्य हो । अहिले शंकास्पद वस्तु देख्नेबित्तिकै उनीहरुले प्रहरीलाई खबर गर्ने गरेका छन् । हामीले पनि नेपाली सेनासँग समन्वय गरी घटनास्थल पुग्ने गरेका छौँ ।’

गत शुक्रबार धनुषाको महेन्द्रनगरमा बम बिस्फोट भएपछि अहिले धनुषाभरि बमको त्रास फैलिएको छ । त्यसकारण सर्वसाधरणले शंकास्पद वस्तु देख्नेबित्तिकै प्रहरीलाई खबर गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप