सुपरमोडलसँग मलाइकाको क्याट फाइटः पूर्व श्रीमान् अरबाज हुन् कारण
चर्चित रियालिटी शो एमटिभी सुपर मोडल अफ द इयर यस वर्ष प्रशारण हुनका लागि तयार छ । कार्यक्रममा मलाइका अरोडा, मिलिन्द सोमन र मसाबा गुप्ता निर्णायक मण्डलमा छन् । यस्तै, सुपर मोडल उज्ज्वला राउत मेन्टरको रुपमा देखिँदैछिन् । तर भारतीय मिडियालाई विश्वास गर्ने हो भने सेटमा केही ठिक चलिरहेको छैन । रिपोर्टका अनुसार मलाइका र उज्ज्वलाबीच क्याट फाइट चलिरहेको छ र झगडाको कारण मलाइकाका पूर्व–श्रीमान् अरबाज खान बताइन्छ ।
पिंकविलाको रिपोर्ट अनुसार मलाइका र उज्ज्वलाबीच केही ठिक चलिरहेको छैन । यो क्याट फाइटका कारण सेटमा यी दुईलाई भिन्न राख्नुपर्छ । खबरका अनुसार अरबाज र उज्ज्वलाको इन्स्टाग्राम फ्लर्टिङ्का कारण मलाइका त्यति खुसी छैनन् । उज्ज्वला क्रु सदस्यसँग आफू र अरबाजबीच भएको कुराकानी सेयर गर्छिन् । केही रिपोर्टका अनुसार उज्ज्वला शोमा ‘द मोस्ट टक्ड अबाउट पर्सन’ बन्न चाहन्छिन् ।
दुई वर्ष अघि तोडे १७ वर्षको विवाहः
स्मरण रहोस् मलाइका र अरबाज खानले दुई वर्षअघि सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । यी दुईले आफ्नो १७ वर्षको विवाह तोडेका थिए । त्यसपछि मलाइकाको नाम नायक अर्जुन कपुरसँग जोडिन्छ । यी दुईले आफ्नो सम्बन्ध स्विकारेका पनि छन् । यस्तै अरबाज खान पनि इटालियन मोडल जर्जिया एन्ड्रियानीसँगको सम्बन्धमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा