शोलेमा अभिनय गरेकी नायिका गिता सिद्धार्थको निधन
सन् १९७०–८० को दशकमा बलिउड फिल्मकी चर्चित अनुहार गिता सिद्धार्थको निधन भएको छ । गत शनिबार उनले मुम्बईमा अन्तिम सास फेरिन् । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता ‘गर्म हवा’, ‘परिचय’, ‘त्रिशुल’, ‘शोले’ जस्ता फिल्ममा देखिइसकेकी छिन् । उनले आफ्नो चार दशक लामो करियमा बलराज साहनी, जितेन्द्र, जया भादुडीजस्ता बलिउड हस्तीसँग काम गरेकी छिन् ।
नायिकाले आफ्नो बलिउड डेब्यू सन् १९७२ मा रिलिज भएको गुलजार निर्देशित परिचयबाट गरेकी थिइन् । यो फिल्ममा उनीबाहेक जितेन्द्र मुख्य भूमिकामा थिए । फिल्मको निर्माण वी के सोबतीले गरेका थिए । दिवंगत नायिकालाई सन् १९७३ मा रिलिज भएको एमएस सत्यूको फिल्म ‘गर्म हवा’ का लागि चिनिन्छ । नायिका एवं समाजसेवी रहेकी गिताले टेलिभिजन प्रस्तोता र डकुमेन्ट्री निर्माता सिद्धार्थ काकसँग विवाह गरेकी थिइन् । उनकी छोरी अन्तरा पनि डकुमेन्ट्री निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र