शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीमा एमबाप्पेको दुई गोल

सोमबार, ३० मङ्सिर २०७६, १० : ४४
सोमबार, ३० मङ्सिर २०७६

केलियन एमबाप्पेले चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा इटिनेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिनेलाई ४–० गोलले हरायो ।

सेन्ट इटिनेलाई उसैको मैदानमा हराउन एमबाप्पेले दुई गोल गरे । लियनड्रो परेडेस र मोउरो इकार्डीले एक एक गोल गरेका थिए । नेयमारले भने पेनाल्टीमा चुकेका थिए ।

पीएसजीले १०औं मिनेटमा परेडेसको गोलबाट अग्रता लिएको थियो । २५औं मिनेटमा घरेलु टोलीका जिन एहोलोउ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसपपछि पीएसजीलाई गोल गर्न थप सजिलो भएको थियो । ४३औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा नेयमार पेनाल्टीमा चुकेका थिए ।

त्यसपछि ७२औं मिनेटमा इकार्डीले गोल गरे । ८९औं मिनेटमा एमबाप्पेले नेयमारकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सजिलै जिताए । शीर्ष स्थानमा हरेको पीएसजीले १७ खेलबाट ४२ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेलीको १८ खेलबाट ३५ अंक पुगेको छ । पीएसजीसँग हार खेपेको इटिने २५ अंकसहित ११औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप