बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करिम बेन्जेमाले रियललाई हारबाट जोगाए

सोमबार, ३० मङ्सिर २०७६, १० : ३२
सोमबार, ३० मङ्सिर २०७६

करिम बेन्जेमाले इन्जुरी समयको अन्तिम मिनेटमा गोल फर्काएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड सम्भावित हारबाट जोगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

यस बराबरीसँगै रियलले शीर्ष स्थान ओगट्ने मौका गुमाएको छ । भ्यालेन्सियाको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
 भ्यालेन्सियाले ७८औं मिनेटमा सुरुवाती गोल गरेको थियो । कार्लाेस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि हारको नजिक पुगेको रियलले इन्जुरी समयमा गोल फर्काएको थियो । 

करिम बेन्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाए । बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले १६ खेलबाट ३५ अंक बनाएको छ । 

शीर्षस्थानको बार्सिलोना समान ३५ अंक सहित गोलअन्तरका आधारमा अगाडी छ । रियलसँग अंक बाँडेको भ्यालेन्सिया २७ अंक सहित आठौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप