दाङबाट १२ जुवाडे पक्राउ

बुटवल । दाङ प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका–६ स्थित कमला कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार ५ सय रुपैयाँ नगदसहित ती जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत, तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली रहेका छन् ।
त्यस्तै बर्ष २८ का सिद्धान्त गुरुङ्ग, सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का बर्ष २९ का सन्दिप सेर्पाइली , तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै