आर्सनलमाथि सिटीको रवाफ, आर्सनललाई ३–० गोलले हरायो
सोमबार, ३० मङ्सिर २०७६, १० : १४
केभिन डी ब्रुयन चम्किएपछि म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि रवाफिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–० गोलले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुयनले खेल सुरु भएको दोस्रो र ४०औं मिनेटमा दुई गोल गरे ।
अर्को गोल रहिम स्ट्रलिङले १५औं मिनेटमा गरेका थिए । जितसँगै सिटी तेस्रो स्थानमा यथावत रहेको छ । सिटीले १७ खेलबाट ३५ अंक बनाएको छ । शीर्षस्थानमा रहेको लिभरपुलको ४९ अंक छ । दोस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ । २२ अंक बनाएको आर्सनल नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने