शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काली हुनुका यी सात आश्चर्यचकित स्वास्थ्य फाइदा

सोमबार, ३० मङ्सिर २०७६, ०८ : १३
सोमबार, ३० मङ्सिर २०७६

कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला ।  कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउः

कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउन सहयोग गर्दछ ।

छालाको क्यान्सरबाट जोगाउँछः

छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

स्नायू प्रणालीको सुरक्षाः

कालो छालामा पाइने मेलानिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

संक्रमणबाट जोगाउँछः

मेलानिन संक्रमण फैलाउने ब्याक्टेरियाबाट बचाउँछ । गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

जवान देखिन्छः

कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ जसका कारण लामो समयसम्म जवान देखिन सहयोग पुर्याउँछ ।

रोग प्रतिरोधी क्षमताः

मेलानिनका कारण शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । रुघा–खोकीजस्ता रोगबाट बचाउँछ ।

गर्भावस्थामा फाइदाजनकः

मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि बचाउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप