नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द
सोमबार, ३० मङ्सिर २०७६, ०८ : ००
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’
उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा