जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।
ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात रहेको छ ।”
उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।
स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिए ।
फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग
-
नेपाल र नेपालीको स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति सुरक्षा निकाय प्रतिबद्ध छ : राष्ट्रपति
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म