टाइम बमले मधेस अशान्त !
सोमबार, ३० मङ्सिर २०७६, ०७ : १२
काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।
शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ। सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो। अन्नपूर्ण पोस्टमा खबर छापिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ