शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, प्रदर्शनकारीहरु पुलिस मुख्यालयभित्रै छिरेपछि...

सोमबार, ३० मङ्सिर २०७६, ०० : २५
सोमबार, ३० मङ्सिर २०७६

एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन  शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मोटरसाइकलहरू जलाएका छन् । आगो निभाउन चार दमकल तुरुन्त पठाइएपनि आन्दोलनकारीहरूले एक दमकलमाथि तोडफोड गरेर नराम्ररी क्षति पुर्‍याएका छन् । सो घटनामा दुई अग्नि नियन्त्रक घाइते भएका छन्।

यसैबीच, दक्षिण दिल्लीको चार मेट्रो स्टेशनहरूमा प्रवेश र निकास बन्द गरिएको छ। दिल्लीको मोडेल टाउन मेट्रो स्टेशन पनि बन्द गरिएको छ । आन्दोलनमा अधिकाँश विश्वविद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको देखिएको छ । होली फैमिली अस्पताल ओखलाका प्रवक्ता फादर जर्ज पीएले भने, ‘हाम्रोमा करिब २६ विश्वविद्यालयबाट आएका थिए, जसलाई सामान्य चोटपटक लागेको थियो । ती मध्ये धेरै जसलाई डिस्चार्ज गरिएको छ ।’ ‘टाउकोमा चोट लागेको कारण अस्पतालमा दुई जना पुलिस कर्मचारी पनि भर्ती गरिएको छ, सायद उनीहरुलाई ढुंगाले हानेर घाइते बनाएको हुनसक्छ ।’ उनले भने ।

विरोधपछि दिल्ली मा १५ भन्दा बढी दिल्ली मेट्रो स्टेशनहरुको प्रवेश र निकास ढोका बन्द भएका छन् । दिल्ली गेट र प्रगति मैदान मेट्रो स्टेशनहरू पनि बन्द गरिएको छ ।

जामिया मिलिया इस्लामिया विश्वविद्यालयका छात्रछात्राहरुले दिल्ली पुलिस मुख्यालय घेराउ गर्दै  आइतबार राती प्रदर्शन गरेका छन् । सोह्री विश्वविद्यालयका छात्रछात्राहरु अपरान्हको प्रदर्शनमा घाइते भएका हुन् । उनीहरुले प्रहरीको कारबाहीको बिरूद्ध प्रदर्शन गरेका हुन् ।

पुलिसको कारवाहीको विरोधमा इस्लामियाका विद्यार्थीहरूले राति ९ बजे सबै दिल्लीवासी र अन्य विद्यार्थीहरूलाई दिल्ली पुलिस मुख्यालय बाहिर जम्मा हुन अपील गरेका थिए । त्यसलगत्तै जेएनयूका विद्यार्थीहरु साँझ ८ः ३० बजे साबरमती ढाबा नजिक भेला भएका थिए । दिल्ली पुलिसका डिएसपी चिन्मय बिस्वालले भने,  ‘प्रदर्शनकारीहरू जामिया मिलिया विश्वविद्यालयका विद्यार्थी थिए वा थिएनन्, हामीलाई थाहा छैन ।  विश्वविद्यालयको भित्रबाट ढुंगाको वर्षा भैरहेको थियो । जहाँ ढुंगामुढा भएको थियो, त्यहाँ पुलिस गएको हो ।’

त्यसलगत्तै विश्वविद्यालयको परिसर बाहिर पुलिस र प्रदर्शनकारी बीच झडप भएको थियो । प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पुलिस फोर्स क्याम्पसमा प्रवेश गरेका थिए र तत्काल विश्वविद्यालयका सबैतिरका ढोकाहरू बन्द गरेका थिए। त्यलगत्तै पुलिसले धेरै विद्यार्थीहरूलाई विद्यार्थीहरुलाई पक्राउ गरेको थियो ।

दक्षिण दिल्लीमा सोमबार विद्यालय बन्द 
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालेका अनुसार सोमबार दिल्लीका ओखला, जामिया, न्यू फ्रेन्ड्स कालोनी, मदनपुर खादर क्षेत्रका सबै सरकारी र निजी विद्यालयहरू बन्द हुनेछन्। नागरिकता कानूनको विरोधमा दिल्ली सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यद्यपि, दिल्ली पुलिसले भने स्थिति नियन्त्रणमा आइसकेको दाबी गरेको छ । Photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप