आठ उद्योगमाथि कारवाही
काठमाडौं । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले मापदण्ड पालना नगर्ने ती उद्योग उपर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई दोषी प्रमाणित गरेमा जनही रु ५० हजार र पाँच वर्षसम्म जेल सजाय हुने जानकारी दिए ।
यसवर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना सङ्कलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदनअनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको, २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधानअनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ