शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिपिएल पोखरा: पोखरा पल्टनको विजयी सुरुवात

आइतबार, २९ मङ्सिर २०७६, २० : ४०
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा साविकको च्याम्पियन पोखरा पल्टनसले विजयी सुरुआत गरेको छ ।  पोखरा क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पूरा गरेको हो ।

विस्फोटक इनिङ खेलेका कुशलले ४३ बलको सामना गर्दा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडेका थिए । आशिफ शेख १० बलमा १४ रन जोड्दै सुशन भारीको एलबिडब्युको शिकार भएका थिए । बलिङ तर्फ काठमाडौंका लागि सुषनले एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । सुवोध भाटीले सर्वाधिक ४५ रन जोडेका थिए । खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा आएका भाटीले पोखरा पल्टन्सका लागि सर्वाधिक ४५ रन जोडेका थिए ।

सुरुआतदेखि लगातार विकेटको पतनपछि सम्मानजनक योगफलका लागि संघर्ष गरिरहको काठमाडौंका लागि २९ बल खेलेका भाटीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठामाडौंका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गौरभ टोमरले १३ तथा सुषन भारीले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । कप्तान ज्ञानेन्द्र १, रनमा पराजित हुँदा सुषन भारी १० तथा अम्रित भट्टराई १ रनमा अविजित रहे ।

शरद भेसावकरको कप्तानीमा मैदानमा उत्रिएको पोखराका लागि ललित राजवंशी तथा कुशल मल्लले दुई तथा प्रभामेश डाके, रासिद खान र सर्बजित लड्डाले एक–एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेल विराटनगर टाइटन्सले धनगढी ब्लुज र दोस्रो खेल काठमाडौं गोल्डेन वारियर्सले बुटबल ब्लास्टर्सको सामना गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप