बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पूर्वाधार बैंकः चालू आर्थिक वर्षभित्र ५ अर्ब भित्र्याउने तयारी

आइतबार, २९ मङ्सिर २०७६, २० : २६
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । नेपाल पूर्वाधार बैंकले चालू आर्थिक वर्षभित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ ।  बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने बताएका हुन् ।

२०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन् । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए ।

पूर्वाधार विकास बैंकले अहिले सम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ ।

बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप