पौडेल पक्षको बहिष्कारबीच बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा के–के भयो ?
काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको छ । बैठकमा महाधिवेशनको कार्यतालिका सम्बन्धि प्रस्ताव पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।
पार्टीमा विभाग थप्ने लगायत विभिन्न ९ वटा प्रस्ताव प्रस्तुत भएको बैठमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सम्बिन्धि प्रस्ताव पेश हुनुपर्ने माग पौडेल समूहले राख्दै आएको छ । बैठकमा प्रस्तावित एजेण्डाहरुलाई सहमतिमा पारित गर्न आन्तरिक छलफल तिव्र पारिएको र सहमति नजिक नेताहरु पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
वरिष्ठ नेता पौडेल पाथिभारा दर्शनका लागि सपरिवार गएकाले आइतबारको बैठकमा उपस्थित नभएको बताए । बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा आइतबार सामान्य छलफल भएपनि उपनिर्वाचनको समीक्षामा बैठक केन्द्रित रहेको उनले बताए ।
प्रवक्ता शर्माले बैठकका एजेण्डाहरु पदाधिकारी बैठकमा सहमति भएपछि तय भएको र सबैको सहमतिबाट नै पारित हुने दाबी समेत गरे । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी निर्वाचन समिति भएको र केन्द्रिय समितिले महाधिवेशनको मिति मात्रै तय गर्ने शर्माले बताए । आइतबारको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच शनिबार भएको छलफलका विषयमा ब्रिफिङ गरे ।
स्थानीय तहहरुको समायोजन पौष महिनाको मध्यसम्म सक्ने निर्वाचन समितिले जानकारी दिएको र त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव देउवाले पौडेललाई राखेको निधिले बैठकमा बताए । आइतबारको बैठकमा बिहान भएको दुर्घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको पनि माग गरिएको छ ।
पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको र यसको न्यूनिकरणका लागि सडकको स्तरोन्नती गर्ने लगायतका विषयमा सरकार गम्भिर हुनुपर्ने काँग्रेसले माग गरेको छ । धनुषामा भएको बम विस्फोटको घटनामा ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै उच्च स्तरिय छानबिन समिति बनाएर घटनाको दोषिलाई कारवाही गर्न समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’