शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

आइतबार, २९ मङ्सिर २०७६, १७ : ३६
आइतबार, २९ मङ्सिर २०७६

सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स.३प. ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स.६प. २६७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स.३प ५३१९ नंको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स.६प. २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशङ्कर यादव घाइते भएका छन् । 

घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप