शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडामा दुलाल सर्वसम्मत

आइतबार, २९ मङ्सिर २०७६, १७ : २२
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । अटोमोबाइल व्यवसायीहरुको छाता सङ्गठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन् । नाडाको १९औँ सञ्चालक समितिको पदाधिकारी चयनका लागि भएको मतदान प्रक्रियामा अध्यक्षका लागि अर्को उम्मेद्वारी नपरेपछि दुलाल सर्वसम्मत चुनिएका हुन् ।

नाडाले आगामी नेतृत्व चयनका लागि मङ्सिर २९ गते ११ बजेसम्मका लागि मनोनयन दर्ताको अन्तिम समय तोकेको थियो । तर, अध्यक्ष पदका लागि दुलालविरुद्ध कुनै उम्मेद्वारी दर्ता नभएपछि उनको अध्यक्ष पद पक्का भएको हो ।

योसँगै दुलाल दुई वर्षका लागि नाडाको अध्यक्षमा छानिएका छन् । दुलाल यसअघिको कार्यसमितिको बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

अध्यक्षका लागि यसअघि नाडाकै अर्का उपाध्यक्ष प्रकाश कपुरीको उम्मेद्वारीको चर्चा चलेपनि अन्तिमसम्म सहमतिमै अध्यक्ष चयन गर्ने प्रयास पश्चात कपुरीले उम्मेद्वारी दर्ता नगरेर दुलाललाई सहयोग गरेका थिए ।

अध्यक्षमा चुनिएसँगै दुलालले आफ्नो कार्यकालमा समग्र अटोमोबाइल क्षेत्रको सुधार, व्यवस्थापन र व्यावसायीक हकहितको लागि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

अध्यक्षको निर्विरोधसँगै नाडाको अन्य कार्यसमिति सदस्यहरु समेत निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार कार्यसमिति सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, निराकर श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, दीकप अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक निर्विरोध चयन भएका छन् ।

त्यस्तैगरी संस्थागततर्फ धुब्र बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र श्रृषीकुमार ढकाल चयन भएका छन् । चयन भएकै कार्यसमितिबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमिति सदस्य चयन हुने व्यवस्था छ ।

नाडाको ४३औँ साधारणसभा आगामी पुस ४ गते हुँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप