गौरीशङ्कर पेन्टस कारखानामा आगलागी
आइतबार, २९ मङ्सिर २०७६, १७ : ०५
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गलमा गौरीशकंर पेन्टस कारखानामा आगलागी भएको छ । करेन्ट सर्ट भएर सतुङ्गलमा रहेको कारखानामा आगलागी भएको हो ।
कारखानामा लागेको आगलागी काठमाडौँ महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमार विक्रम थापाले बताए ।
डीएसपी थापाले भने, ‘दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीको साथमा आगो नियन्त्रणमा आएको हो । समयमै नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगियो ।’
आगलागीबाट कारखानामा रङ्ग बनाउने मेसिन, केमिकल, कागजपत्र तथा अन्य सरसामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । के कति क्षति भयो भने एकीन विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम
-
पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति