मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकार ! हवाई दुर्घटनामा मारिनेको ज्यान मूल्यवान, सडक दुर्घटनामा मारिनेको चाहिँ मूल्य नै छैन ?

स्वयं ओली नै प्रधानमन्त्री पदमा आसीन रहेको बेला बढ्दो सडक दुर्घटनाहरुलाई लिएर फत्तुर लगाएर उम्कने छुट र सुविधा यो सरकारलाई छैन
आइतबार, २९ मङ्सिर २०७६, १६ : १५
आइतबार, २९ मङ्सिर २०७६

पछिल्ला दिनमा सडक दुर्घटनाका घटनाहरु अत्यन्तै तीव्र रूपमा बढेर गएको छ । पछिल्ला एक महिनाकै मात्र तथ्याङ्क हेर्ने हो भने पनि स्थिति अत्यन्तै चिन्ताजनक छ । एक महिनाको अवधिभित्र मात्रै सय जनाभन्दा बढीले सडक दुर्घटनाका कारण ज्यान गुमाइसकेका छन् ।

त्यसो त सडक दुर्घटनाबाट मानिस मारिने घटना विश्वव्यापी समस्याका रूपमा नै रहँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१६ मात्रै १३ लाख ५४ हजार ८४० जना मानिस सडक दुर्घटनाकै कारण मारिएका छन् भने त्यसपछिका वर्षमा पनि यो दर स्थिर रूपमा रहँदै आएको छ  । खासगरी ५ देखि २९ वर्ष उमेरसमूहका मानिसलाई मृत्यु वरण गराउने प्रमुख घटना नै सडक दुर्घटना बनेको छ ।

सडक दुर्घटना भवितव्य घटना हो, यसलाई पहिल्यै भविष्यवाणी गर्न वा रोकथाम गर्न सकिन्न । तर यसको अर्थ सडक दुर्घटना पन्छाउनै नसकिने वा न्यून गर्नै नसकिने विषय भने पक्कै होइन । वास्तवमा, नेपालमा पछिल्ला समयमा सडक दुर्घटना बढ्नुको जरो किलो कारणहरु के हुन् र त्यसका लागि जिम्मेवारहरु को छन्, त्यसको खोजी, पहिचान गर्नु जरुरी भइसकेको छ ।


नेपालका सन्दर्भमा सडक दुर्घटनाका घटनाहरु बढ्दै जानुको कारण के हो ? सडक दुर्घटनाको घटना बढ्दै जानुमा सडकको अवस्था, चालकको लापरबाही, गाडीको मेकानिकल अवस्था, ऐन कानुनको कमजोरी तथा त्यसलाई कडाइका साथ लागू गर्ने सन्दर्भमा सम्बन्धित निकायहरुको लापरबाही लगायतका पक्षहरु के कति जिम्मेवार छन् ? तिनलाई खुट्याउनु र सम्बन्धित जिम्मेवार पक्षलाई कानुनको कठघरामा उभ्याउनु आवश्यक भइसकेको छ ।


नेपालका सन्दर्भमा सडक दुर्घटनाका घटनाहरु बढ्दै जानुको कारण के हो ? सडक दुर्घटनाको घटना बढ्दै जानुमा सडकको अवस्था, चालकको लापरबाही, गाडीको मेकानिकल अवस्था, ऐन कानुनको कमजोरी तथा त्यसलाई कडाइका साथ लागू गर्ने सन्दर्भमा सम्बन्धित निकायहरुको लापरबाही लगायतका पक्षहरु के कति जिम्मेवार छन् ? तिनलाई खुट्याउनु र सम्बन्धित जिम्मेवार पक्षलाई कानुनको कठघरामा उभ्याउनु आवश्यक भइसकेको छ । भवितव्य बाहेक, चालकको लापरबाही, सडकको दुरावस्था, सवारी ऐन कानुनको पालना गराउने सन्दर्भमा सम्बन्धित पक्षको लापरबाही जस्ता कारणले, जुन नेपालको हकमा बढी हुने गर्छ, सडक दुर्घटना भएको छ भने त्यसलाई दुर्घटना होइन, हत्या अझ थप नरसंहारको घटनाको रूपमा लिइनु र त्यसका जिम्मेवार पक्षहरुलाई हत्याका मुद्दामा कारबाही अगाडि बढाइनु जरुरी भएको छ । यसै सन्दर्भमा भुल्नै नहुने कुरा चाहिँ के पनि हो भने स्वयं यात्रुहरु पनि गाडीको क्षमता र सवारी चालक सहचालकले नमान्दानमान्दै पनि जबरजस्ती गाडीमा बसेर यात्रा गर्ने अन्यथा भौतिक प्रतिरोधमा उत्रने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न जरुरी छ । यसका लागि प्रहरी प्रशासन, ट्राफिक प्रहरीहरुबाट कडाइको साथ अनुगमन र दण्डसजायको प्रक्रियालाई समेत अगाडि बढाइनु वाञ्छनीय छ ।

अहिलेको सडक दुर्घटनाका कारणहरुलाई सरसर्ती अवलोकन गर्ने हो भने सहजै के बुझ्न सकिन्छ भने तीमध्येका थुप्रै दुर्घटनाहरुलाई टार्न वा पन्छान सकिन्थ्यो । खासगरी, जथाभावी खनिएका वा विस्तार गरिएका सडकहरुको अवस्थामा कस्ता खालका गाडी चलाउन पाउने, त्यहाँ गाडीको गति कति हुने विषयमा कडाइ गरिनु जरुरी भइसकेको छ । त्यसैगरी, पहाडी सडकमा कुन स्तरसम्मको गाडीहरु चलाउन पाउने तथा त्यस्ता सडकहरुमा हेभी गाडीहरु चलाउने अनुमति कस्ता चालकहरुले मात्रै पाउने, ती चालकहरुका सवारी ज्ञान र मनस्थितिका बारेमा आवधिक जाँचपडताल जस्ता कुराहरुमा कडाइ गर्नुपर्ने आवश्यकता पछिल्ला बढ्दो सडक दुर्घटनाले देखाइसकको छ । त्यसबाहेक,  त्यस्ता घुम्तीहरुमा सडक सुरक्षाका प्रावधानहरु जस्तै, सङ्केत चिन्हहरु र घुम्तीलगायत जोखिमयुक्त स्थानहरुमा रेलिङ बारहरु राख्ने हो भने पनि सडक दुर्घटनामा हुने मानव हताहतलाई न्यून गर्न सकिन्छ ।


वास्तवमै सडक दुर्घटना हुनु वा बढ्नुको पछाडि लच्छिन अलच्छिनको कुनै साइनो सम्बन्ध छैन र हुँदैन पनि । बरु त्यो बढ्नुको कारण खोतल्दै जाने हो भने ऐन, कानुन, नीति, नियमहरुको परिपालना गर्ने गराउने सन्दर्भमा सरकारले देखाएको लाछीपना र अपनाउँदै आएको उदासीनता नै त्यसको प्रमुख कारण हो भन्न कुनै साइत कुरिबस्नु पर्दैन ।


देउवाकालीन सरकारको पालामा सडक दुर्घटनाहरु भएको बेला मेची महाकाली राष्ट्रिय अभियानको दौरानमा २०७३ साल फागुन २९ गते एमालेका तत्कालीन नेता केपी शर्मा ओलीले सरकार अलच्छिन भएको कारण सडक दुर्घटना बढेर गएको फत्तुर लगाएका थिए । अहिले स्वयं ओली नै प्रधानमन्त्री पदमा आसीन रहेको बेला बढ्दो सडक दुर्घटनाहरुलाई लिएर त्यो फत्तुर लगाएर उम्कने छुट र सुविधा यो सरकारलाई छैन । वास्तवमै सडक दुर्घटना हुनु वा बढ्नुको पछाडि लच्छिन अलच्छिनको कुनै साइनो सम्बन्ध छैन र हुँदैन पनि । बरु त्यो बढ्नुको कारण खोतल्दै जाने हो भने ऐन, कानुन, नीति, नियमहरुको परिपालना गर्ने गराउने सन्दर्भमा सरकारले देखाएको लाछीपना र अपनाउँदै आएको उदासीनता नै त्यसको प्रमुख कारण हो भन्न कुनै साइत कुरिबस्नु पर्दैन ।

यसै सन्दर्भमा उल्लेख गर्नै पर्ने कुरा के हो भने एउटा हेलिकोप्टर वा प्लेन दुर्घटना हुँदा सिङ्गो राष्ट्र तरङ्गित हुन पुग्छ, सरकार दुर्घटनाका कारणहरु पत्ता लगाउन र छानबिन गर्न तत्कालै आयोग समितिहरु बनाइहाल्छ । तर सडक दुर्घटनाका घटनामा परेर सयौँ मानिस मरिरहँदा पनि सरकार वा जिम्मेवार पक्षमा त्यो संवेदनशीलता र आतुरता देखापर्दैन । अहिलेसम्म एकाध अपवादहरुलाई छाडेर हेर्ने हो भने सडक दुर्घटनाका घटनाहरु भइरहँदा पनि त्यसका सत्यतथ्य पत्ता लगाउने आतुरो र हतारो जिम्मेवार पक्षहरुमा खासै पलाइहाल्दैन । भविष्यमा पाठ सिक्न मिल्ने गरी सडक दुर्घटनाका सन्दर्भमा सत्यतथ्य छानबिन गर्ने, दोषीहरुको पहिचान गर्ने र तिनलाई उचित कारबाहीको सिफारिस गर्ने कुनै आयोग समितिहरु बन्दैनन्, बनाइँदैनन् । केही समयअघि डेङ्गुको महामारी चलेर केही व्यक्तिको ज्यान हताहत हुँदा संसदमै हङ्गामा भएको थियो, स्वास्थ्य मन्त्रीको नै राजीनामा समेत मागिएको थियो । तर अहिले त्योभन्दा कैयौँ गुना बढी मानिस  मारिइसक्दा पनि सबै ‘तैँ चुप, मै चुप’को अवस्थामा रहिरहेका छन् मानौँ सडक दुर्घटनामा मारिनेहरुको मृत्यु मृत्यु मानव–मृत्यु नै होइन । यस्तो प्रतीत हुन्छ । मानौँ उडेको बेला भवितव्यमा परेर ज्यान गुमाउनेहरुको ज्यान मानिसको ज्यान हो, बाँकी सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको ज्यानको चाहिँ अर्थ र मूल्य नै हुँदैन ।


केही समयअघि डेङ्गुको महामारी चलेर केही व्यक्तिको ज्यान हताहत हुँदा संसदमै हङ्गामा भएको थियो, स्वास्थ्य मन्त्रीको नै राजीनामा समेत मागिएको थियो । तर अहिले त्योभन्दा कैयौँ गुना बढी मानिस  मारिइसक्दा पनि सबै ‘तैँ चुप, मै चुप’को अवस्थामा रहिरहेका छन् मानौँ सडक दुर्घटनामा मारिनेहरुको मृत्यु मृत्यु मानव–मृत्यु नै होइन । यस्तो प्रतीत हुन्छ । मानौँ उडेको बेला भवितव्यमा परेर ज्यान गुमाउनेहरुको ज्यान मानिसको ज्यान हो, बाँकी सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको ज्यानको चाहिँ अर्थ र मूल्य नै हुँदैन ।


चाहे हवाई दुर्घटना होस् या चाहे सडक दुर्घटना नै, खती र क्षति हुने भनेको मानवीय ज्यानकै हो । त्यसैले दुवै किसिमका दुर्घटनाहरुलाई समान महत्त्व र संवेदनशीलताका साथ हेरी यसलाई रोकथाम गर्नेतर्फ कडाइका साथ अघि बढ्नु ढिला भइसकेको छ । अन्यथा, हवाई दुर्घटनाहरुमा एकाध मानव ज्यानको खती हुँदा पनि संवेदशीलता देखाएर तात्तिने तर सडक दुर्घटनामा कैयौँ मानिसहरु मर्दा÷ मारिँदा पनि अहिलेकै जस्तो उदासीनता देखाउने अनि घटनालाई सामान्य रूपमा मात्रै लिइबस्ने प्रवृत्ति जारी रहने हो भने स्वाभाविक रूपमा जब्बर प्रश्न उठ्नेछः सरकार ! हवाई दुर्घटनामा मारिनेको ज्यान मूल्यवान, सडक दुर्घटनामा मारिनेको ज्यानको चाहिँ मूल्य नै छैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप