सिन्धुपाल्चोक बस दुर्घटना : ‘हावा फुस्क्यो भन्दै कराएका थिए चालक’

काठमाडौँ । कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बस दुर्घटना हुनुको यकिन कारण नखुले पनि बसको खराब अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालका अनुसार बसका चालक सम्पर्कमा छैनन् ।
दुर्घटना हुनेबित्तिकै बसका चालक भागेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । बसको सहचालक बताउने गिपलव तामाङले दुर्घटनाअघि बसका चालकले हावा फुस्क्यो भनेर कराएको प्रहरीलाई बताएका छन् ।
बसका चालक गिपलव तामाङ नै हुनसक्ने प्रहरीका दावी छ । इन्स्पेक्टर खनालले भने, ‘बसको चालक को हुन् र उनको अवस्था के छ थाहा हुन सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार आइतबार बिहान सवा ८ बजे बा४ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा