पीपीएल क्रिकेटमा पोखरा पल्टनको विजयी सुरुवात

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरामा प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिला फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई निर्धारित २० ओभरमा ११५ रनमा रोकेको थियो ।
११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखरा पल्टनले एक विकेटको क्षतिमा १५ औँ ओभरमै जित हासिल गरेको हो । पोखरा पल्टनका लागि कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ३९ बलमा ५९ रन बनाए । यस्तै, रवि इन्दर सिंहले ३१ र आसिफ शेखले १४ रन बनाए ।
काठमाडौँ गोल्डेन वारियर्सलाई सस्तोमै समेट्न पोखरा पल्टनका लागि कुशल मल्ल, ललित राजवंशी र रशिद खानले दुई–दुई विकेट लिए । यस्तै, प्रथमेश डाके र सरबजित लद्दाले एक–एक विकेट हात पारे ।
यसअघि काठमाडौँ गोल्डेन वारियर्सका सुबोथ भाटीले सर्वाधिक ४५ रन बनाएका थिए । यस्तै सुशान भारीले १० र गौरव टोमरले १३ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई