फ्रान्समा आँधी: २ जनाको मृत्यु, हजारौँ घर विद्युतविहिन

एजेन्सी । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् । उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो । सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेको जनाइएको छ ।
त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ । उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् ।
उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उद्धारकर्ताले उनीहरुलाई च्यापेको रुख हटाएका छन् । घटनास्थलबाट उनीहरुलाई उद्धार गरेर उपचार गर्न लगिएको छ ।
शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरका विद्युत्सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत्सेवा कटौती भएको अधिकारीले जनाएका छन् । उपभोक्तलाई विद्युत् सेवा जतिसक्तो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् ।
विद्युत्सम्वन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नं।को समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन् । आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ ।
आँधी, बाढी र पहिरोका कारण ६०० भन्दा बढी विस्थापित भएका छन् । उनीहरुलाई उद्धार तथा सहयोगका काम पनि भइरहेको जनाइएको छ । Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ