शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित

आइतबार, २९ मङ्सिर २०७६, १४ : ४०
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं– वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित भएका छन् । सिईओ क्लब नेटवर्कले युएईमा आयोजना गरेको एक कार्यक्रममा सो सम्मान गरिएको हो । 

रस अल खाईमा चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले आयोजना गरेको एनुअल सिईओ क्लब डिनर कार्यक्रममा पोखरेललाई सो सम्मान गरिएको हो । पोखरेललाई युएईको रस अल खाईमा चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद अली मुसावी अल नाओमीले सो अवार्ड हस्तान्तरण गरेका हुन् ।  

विश्वप्रसिद्ध कम्पनीका सिईओहरुका वीच पोखरेललाई सो सम्मान प्रदान गरिएको हो । विश्वकै सबैभन्दा ठुलो विजनेश नेटवर्कका रुपमा परिचित सिईओ क्लब नेटवर्कले पोखरेल लगाएत १० जना सिईओलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । 

वल्र्ड ट्रेड गु्रपका अध्यक्ष पोखरेलको यो अवार्ड यस बर्षको दोश्रो अन्तराष्ट्रिय अवार्ड हो । पोखरेल ३ महिना अघिमात्र मलेशियाको क्वालालाम्पुरमा ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्डबाट सम्मानित भएका थिए । 

ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित छन् पोखरेल । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । पोखरेलको स्पिच कार्यक्रममा सर्वाधिक रुचाईएको सिईओ क्लबका सदस्यहरुले बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप