शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने

आइतबार, २९ मङ्सिर २०७६, १४ : ३४
आइतबार, २९ मङ्सिर २०७६

मोरङ । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ । मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जानकारी दिए । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषिका कविकवयत्रीलाई सम्मान गरिने छ ।
    
नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटन स्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशन नेपालका सल्लाहकार पङ्कज बर्माले बताए । सम्मेलनको अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका  विभिन्न २० वटा कक्ष राखिने उनले बताए । सम्मेलनका लागि रु २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप