किन झ्याप्प–झ्याप्प बत्ति गइरहेको छ ? यसो भन्छन् कुलमान
आइतबार, २९ मङ्सिर २०७६, १४ : २८
४
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिद्युत जाने र आउने भइरहेको छ । ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।
हिजो र अस्ति पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउँछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’
ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौंका केही स्थानमा शनिवारदेखि विद्युत जाने आउने गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा