शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेल मेला इटहरीमा यसरी झुमे दर्शक

आइतबार, २९ मङ्सिर २०७६, १४ : १६
आइतबार, २९ मङ्सिर २०७६

इटहरी– एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । 

दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएका थिए ।

आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप एनसेलले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ यो मेला आयोजना गरेको हो । 

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा बिहान ११ बजे शुरु भई गीतसंगीत सहित साँझसम्म चलेको थियो । मेलामा आन्तरिक पर्यटन प्रवर्धनका गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्धन गरिएको थियो ।

चर्चित गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप उर्जा थपेको थियो ।

इटहरीमा एनसेल मेलाको अवसर पारी एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेताहरुलाई पुरस्कार स्वरुप बाइक पनि हस्तान्तरण गरेको छ । यस योजनाको प्लाटिनम समुह अन्तर्गत प्यासेफिक मार्केटिङ र फ्रेन्डस् कम्युनिकेशनले १–१ थान बाइक जित्न सफल भएका छन् ।

मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीहरु, गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअल जोन केही विषेश आकर्षणहरु थिए । 

बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु रहेका थिए ।थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरु भरपुर मनोरञ्जन लिईरहेका देखिन्थे ।

मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदानमा आयोजना हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप