धनुषा बिस्फोटः मृतक र घाइते परिवारलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको घोषणा
आइतबार, २९ मङ्सिर २०७६, १४ : १०
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडितलाई सरकारले क्षतिपूर्ति उपलव्ध गराउने भएको छ । परिवार लाई भेटेका छन् ।
आइतबार बिहान घटनास्थल पुगेका मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए ।
टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेशसभा सद्स्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो । बम बिस्फोटमा परेर प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै