शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीलाई बर्नमाउथको झट्का

आइतबार, २९ मङ्सिर २०७६, ०९ : ५०
आइतबार, २९ मङ्सिर २०७६

इङ्लिस प्रिमयर लिग फुटबलमा चेल्सीलाई बर्नमाउथको नमिठो झट्का लागेको छ । 

घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सी बर्नमाउथसँग १–० गोलले पराजित भयो । पछिल्लो पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो । 

बर्नमाउथलाई जिताउन ८४औं मिनेटमा डन गोसलिङले निर्णायक गोल गरेका थिए । चेल्सीले लगातार गोल गर्ने अवसर बनाएपछि सफल नहुँदा हार खेप्यो । 

हारसँगै १७ खेलबाट २९ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । १९ अंक बनाएको बर्नमाउथ १४औं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप