बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलम चोरेको विवादमा १२ वर्षीया बालिकाद्वारा १३ वर्षे साथीको हत्या

आइतबार, २९ मङ्सिर २०७६, ०८ : ०८
आइतबार, २९ मङ्सिर २०७६

विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको घटनास्थलमा नै मृत्यु भयो । घटनापछि आरोपी बालिकाले शवलाई आफ्नो घरको भुईं तल्लामा लुकाइन् । त्यसपछि यसबारे आमालाई जानकारी दिइन् । घटनालाई लुकाउनका लागि आरोपी बालिका र आमाले शवलाई पोखरीमा फ्याँके ।

भारतीय संचारमाध्यममा प्रकाशित यो घटना भारतको जयपुरस्थित राजस्थानको हो । पुलिसले हत्याको आरोपमा बालिकालाई हिरासतमा लिएको छ । उनका आमा–बुवालाई पनि पक्राउ गरिएको छ ।

पुलिस अधिकारी अशोक कुमार गुप्ताका अनुसार जयपुरमा बस्ने छात्रा बुधबार दिउँसोबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट उनको घरभन्दा करिब ५ सय मिटर टाढा झाँडीमा उनको शव भेटिएको थियो । अनुसन्धानमा पत्ता लागे अनुसार मृत बालिका आरोपी छात्राको घर जान भनेर घरबाट निस्किएकी थिइन् ।

स्रोतका अनुसार पुलिसले जब आरोपी छात्राका आमाबुवाले ती दुई बालिकाबीच झगडा भएकोले १३ वर्षीया बालिका आफ्नो घर नआएको बताए । ती आमाबुवाको बयानपछि पुलिसलाई शंका लागेको उनले बताए । त्यसपछि १२ वर्षीयाको घरमा अनुसन्धान गर्दा मृत बालिकाको कानको झुम्का भेटियो । सोधपुछ कडा गरिएपछि ती बालिकाले आफ्नो अपराध स्विकार गरेको पुलिस अधिकारीले जानकारी दिए ।

आरोपीकी आमाले शवलाई पोखरीमा फ्याँकिन्, बुवाले निकालेः

पुलिसका अनुसार घटनापछि आरोपीले छात्राले आमालाई पूरा घटनाक्रम बताइन् । यी दुईले बालिकाको शवलाई एउटा बोरामा राखेर पोखरीमा फ्याँकिदिए । शव माथि नआओस् भनेर एउटा ठूलो ढुङ्गा पनि बोरासँगै बाँधिदिए । त्यसपछि महिलाले आफ्ना श्रीमानलाई यसबारे जानकारी दिइन् । श्रीमानले बालिकाले मोक्ष नपाउने भन्दै शवलाई पोखरीबाट निकालेर झाडीमा फ्याँकेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप