बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँ पन्छाएरै उडाइयो जहाज

शनिबार, २८ मङ्सिर २०७६, २२ : ५८
शनिबार, २८ मङ्सिर २०७६

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा एक दिनदेखि रोकिएको समिट एयरको जहाँज आज दिउँसो नेपालगञ्ज विमानस्थलका लागि उडेको छ ।

खराब मौसमका कारण शुक्रबारदेखि विमानस्थलमै रोकिएको समिट एयरको जहाज धावन मार्गमा जमेको बाक्लो हिउँ ट्र्याक्टर र मान्छे लगाएर पन्छाएपछि दिउँसो दुई बजे नेपालगञ्जका लागि उडेको हो ।

शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्गमै जमेको हिउँ बिहानैदेखि ट्र्याक्टर, एयरपोर्टका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पन्छाए पछि जहाज उडाउन सफल भएको विमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिए ।

नेपालगञ्जबाट यात्रु बोकेर जुफाल विमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो । जहाज रोकिएको केही घण्टापछि हिउँ पर्न शुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो । धावनमार्गमा हिउँ जमेकाले आज कुनै पनि उडान भएन ।

हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार विभिन्न विमान कम्पनीले उडान भर्ने जुफाल विमानस्थलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप