शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मार्क्सवादी युवामञ्च गठन, संयोजकमा पन्त

शनिबार, २८ मङ्सिर २०७६, २१ : ५९
शनिबार, २८ मङ्सिर २०७६

मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ ।   गोरखामा सम्पन्न दुईदिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन गरिएको छ । 

 भेलाले मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा धिरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनित पन्त, बसन्त देवकोटलाई  चयन गरेको छ । 

त्यस्तै देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याललाई पनि सदस्य बनाइएको छ । 

मञ्चले जिल्लाजिल्लामा पुगेर माक्र्सबाद सम्बन्धी छलफल, अन्तरक्रिया तथा बैचारिक स्कुल सञ्चालन गर्ने उद्देश्य लिएको संयोजक पन्तले जानकारी दिए । 

त्यस्तै भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोटलगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको संयोजक पन्तले जानकारी दिए । 

 भेलामा नेकपा गण्डकी प्रदेशका सदस्य जुद्धबिलास भण्डारी, नेकपा पालुङटार  नगर कमिटी अध्यक्ष विवश चिन्तन  लगायतको सहभागिता रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप