कलाकार दीपक क्षेत्री मृत भेटिए
शनिबार, २८ मङ्सिर २०७६, १९ : ४५
काठमाडौं । कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।
मृत्युको कारण पुष्टि भएपछि उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्याइएको छ। लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा