बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा पुराना कम्युनिष्ट नेता श्रेष्ठको निधनप्रति शोक व्यक्त

शनिबार, २८ मङ्सिर २०७६, १७ : १४
शनिबार, २८ मङ्सिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गरेका छन्  ।

    प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी गर्दै उनको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताएका छन् । सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचित प्रमुख (मेयर) बनेका स्व श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाएको बताएका छन्। बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप