शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात, विशाल राई बने म्यान अफ दि म्याच

शनिबार, २८ मङ्सिर २०७६, १७ : ०८
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र क्वलबले विजयी सुरुवात गरेको छ।  

शनिबार एन्फा कम्पेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो । 

मछिन्द्रको जितमा योगेश गुरुङले ३० औं र दीपक राईले ५० औँ मिनेटमा गोल गरे । 

खेलमा मछिन्द्रकै विशाल राई म्याद अफ दी म्याच घोषित भए । 

यस सिजन राष्ट्रिय टोलीका स्टार खेलाडी भित्र्याएको मछिन्द्र लिगको उपाधि जित्ने दाउमा छ । 

‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ । सहभागी क्लबले कूल ९१ खेल खेल्नेछन् । लिगको अन्तिममा रहने एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

कूल ६ करोड ३० लाख लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका हरेक खेलको विजेता टोलीले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

यसैगरी लिगको उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगको फेयर प्ले टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने बताईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप