बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अवरोध नगरियोस्’

शनिबार, २८ मङ्सिर २०७६, १६ : २२
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् । 

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकाले पूर्णक्षमताको विमानस्थल आवश्यक रहेको उनले बताए । 

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उनले प्रश्न समेत गरे । 

 शनिबार राजधानीमा आयोजित साक्षत्कारमा महानिर्देशक पोखरेलले पूर्णक्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलदेखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताए । 
२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाई गर्न नहुने उनको भनाइ थियो ।

तत्कालिन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतीसँग जोडिएको बताए ।  नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए । 

फास्टट्रयाक एयरपोर्ट निर्माण सरोकार समितिका रविराज दंगालले विमानस्थल निर्माण रोक्नका लागि चलखेल भइरहेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप