एक वर्षमा अमेरिका बसोबास गर्ने १० हजार भारतीयलाई हिरासतमा लिइयो, ८३१ भए देशनिकाला
एजेन्सी । अमेरिकी सरकारले जारी गरेको एक रिपोर्टअनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए ।
मंगलबार जारी अमेरिकी सरकारको एक रिपोर्ट अनुसार पक्राउ परेका १० हजारमध्ये ८३१ जना भारतीयलाई अमेरिकाबाट बाहिर निकाला गरिएको थियो ।
‘इम्मिग्रेसन इन्फोर्समेन्टः अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टमा यो तथ्य उल्लेख छ ।
रिपोर्ट सरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यन्वय निकाय ‘आईसीई’का अनुसार जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८बीच दुई गुणाले बढ्यो ।
आईसीईले सन् २०१५मा ३,५३२ भारतीयलाई जेल चलान गरिएको थियो । त्यसपछि प्रत्यक वर्ष जेल चलाउन हुनेको संख्या वृद्धि हुदाँ सन् २०१६ मा ३,९१३, सन् २०१७ मा ५,३२२ र सन् २०१८ मा ९,८११ भारतीयलाई जेल हालिएको थियो ।
रिपोर्ट अनुसार आईसीईले सन् २०१८मा ८३१ भारतीयलाई देश निकाला ग¥यो । अमेरिकाबाट निकाला पर्ने भारतीयको संख्यामा पनि प्रत्यक वर्ष वृद्धि भएको देखिन्छ ।
सन् २०१५ मा २९६, सन् २०१६ मा ३८७ र सन् २०१७ मा ४७४ भारतीयलाई अमेरिका निकाला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै